स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता हुँदा ३२ हजार पूर्तिका लागि पहल भइरहेको स्वास्थ्यमन्त्रीले बताएका छन्।
काठमाडाैँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारी आवश्यक भए पनि ३२ हजार पूर्तिका लागि पहल भइरहेको बताएका छन्।
बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो धेरै पहलले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महत स्वास्थ्य क्षेत्रमा ३२ हजार कर्मचारी पूर्ति गर्न सकारात्मक रहेको उल्लेख गरे।
उनले वि.स. २०५४ सालदेखि स्वास्थ्य मन्त्रालयले कर्मचारीको दरबन्दी बढाउन नसकेको जिकिर पनि गरे। स्वास्थ्यकर्मीहरूको अभावका कारण आधारभूत र गुणस्तरीय सेवा प्रदान गर्न नसकिएको उनको भनाइ छ। सामान्य रोग लाग्दा पनि विशिष्ट व्यक्तिहरू विदेश जाने कुराको अन्त्य गर्न आवश्यक रहेको भन्दै नेपालमै उपचार सम्भव हुँदा विदेश गएर उपचार गर्नेहरूको उपचार खर्च सरकारले नबेहोर्ने बताए।
"नेपालबाट विद्यार्थीहरू हजारौँको संख्यामा बाहिरएका छन्। गाउँ रित्तिसक्यो अब। हामी नेताहरू ठूलाबडा भन्नेहरू सामान्य रोग लागे विदेश जाने, ठूलो रकम खर्च गराउने, गरिब र विपन्नहरूको लागि हामीले डाक्टर पठाउन सकेका छैनौँ। २०५४ सालेदेखि स्वास्थ्य मन्त्रालयले कर्मचारीको दरबन्दी सकेको छैन," उनले भने, "एक जनाले दुईदेखि चार जनासम्मलाई हेर्नुपरेको छ। कसरी आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवा पुग्नसक्छ। चाहेर पनि हुनसक्दैन। हामीलाई ९२ हजार कर्मचारी चाहिने रहेछ। तर कम्तिमा पनि ३२ हजार कर्मचारी नभइ हुँदैन भनेर म भनिरहेको छु। यसमा प्रधानमन्त्री र अर्थमन्त्रीज्यु पोजेटिभ हुनुभएको छ।"
स्वास्थ्यमन्त्री बस्नेतले नेपालको मेडिकल शिक्षा दक्षिण एशियाकै उत्कृष्ट रहेको दाबी गर्दै नेपालमा अध्ययन गर्न आउनेहरूको संख्या बढ्दै गइरहेको बताए। चिकित्सा शिक्षाको लागि भारतबाट विद्यार्थी ल्याउन सके अर्बाैँ रुपैयाँ कमाइ हुने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
