राप्रपाले काठमाडौँ– २ बाट प्रदेशसभामा खाता खोल्यो

काठमाडौँ क्षेत्र नम्बर २ (१) मा राप्रपाका सुनिल केसी विजयी भएका छन्।

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभामा खाता खोलेको छ। 

काठमाडौँ क्षेत्र नम्बर २ (१) बाट राप्रपाका सुनिल केसी विजयी भएका हुन्। छ हजार ५९८ मतसहित केसी विजयी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।  याे सँगै राप्रपाले काठमाडौँ– २ बाट प्रदेशसभामा जितकाे खाता खोलेको उनको भनाइ छ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सानुकुमार श्रेष्ठले पाँच हजार ७६ मत ल्याए। श्रेष्ठ बागमती प्रदेशसभाका निवर्तमान सभामुख हुन्।