काठमाडाैँ– जितविहीन रहेको कोशी प्रदेश प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको आठौँ खेलमा सुदूरपश्चिमसँग पराजित भएको छ।
बुधबार सम्पन्न खेलमा सुदूरपश्चिमसँग कोशी ८ विकेटले पराजित भएको हो। कोशीले दिएको १२४ रनको लक्ष्य सुदूरपश्चिमले २१.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
सुदूरपश्चिमका नरेन्द्र भट्टले सर्वाधिक ५४ रन बनाए। अविजित रहेका उनले ४९ बलमा ७ चौका प्रहार गरे।
प्रकाश पाण्डे ३४ रनमा अविजित रहँदा ओपनर तथा कप्तान राजु रिजाल २१ र खड्क बोहरा ९ रनमा आउट भए। कोशीका फिर्दोश खानले २ विकेट दिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कोशीले ३२ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनायो। कोशीका मिनास थापाले सर्वाधिक २६ रन बनाए। उनले ३७ बलमा ५ चौका प्रहार गरे।
कप्तान अंकित सुवेदी २२, कमल खत्री १८ र फिर्दोश खान १३ रनमा आउट भए। कोशीका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। सुदूरपश्चिमका शेर मल्लले ५ र विकास आग्रीले ४ विकेट लिए। जितसँगै सुदूरपश्चिम ८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
