खाडी राष्ट्रहरू प्रतिस्पर्धा गर्ने प्रतियोगितामा यसपटक नेपाललाई आमन्त्रित टोलीको रूपमा पठाउने एन्फाले निर्णय गरेको हो।
काठमाडाैँ– अखिल नेपाल फुटबल संघ (एन्फा)ले साउदी अरबमा आयोजना हुने पश्चिम एशियाली फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिप २०२४ का लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ। बुधबार नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गर्दै प्रभारम्भिक टोलीको घोषणा गरिएको हो।
प्रारम्भिक टोलीमा ४० जना खेलाडीलाई बोलाइएको छ। खाडी राष्ट्रहरू प्रतिस्पर्धा गर्ने प्रतियोगितामा यसपटक नेपाललाई आमन्त्रित टोलीको रूपमा पठाउने एन्फाले निर्णय गरेको हो। प्रतियोगिता फेब्रुअरी १९ देखि २८ सम्म जेद्दामा आयोजना हुने छ।
प्रतियोगितामा नेपालसँगै आयोजक साउदी, साविक विजेता जोर्डन, गुआम, इराक, लेबनान, प्यालेस्टाइन र सिरियाले सहभागिता जनाउने छन्।
एन्फाले बुधबार तामाङसँगै सहायक प्रशिक्षकमा कमला राखल र श्याम मानन्धरलाई नियुक्त गरेको छ। म्यानेजरमा बिन्द्रा दिवान र गोलकिपर प्रशिक्षकमा उज्जवल मानन्धरलाई जिम्मेवारी दिइएको छ।
प्रारम्भिक ४० सदस्यीय टोलीः
एन्जिला तुम्बाप्पो सुब्बा (गोलरक्षक), अन्जना राणा मगर (गोलरक्षक), उषा नाथ (गोलरक्षक), सपना राई (गोलरक्षक), कविता वि.क (गोलरक्षक), अमृता जैशी, गीता राणा, हिरा कुमारी भुजेल, पुजा राणा, विमला वि.क, निशा थोकर, समीक्षा घिमिरे, अञ्जली वाइबा, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही, सावित्रा भण्डारी, अनिता केसी, सविता राणामगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, चन्दा भण्डारी, हेमा चौधरी, गंगा गुरुङ, सरस्वती हमाल, प्रतीक्षा चौधरी, दीपा न्यौपाने, मोनिका पुलामी मगर, अनुष्का शेर्पा, अन्जली मचामसी, सपना थेबे, मनमाया दमाई, सम्झना लावती, निर्मला उपाध्याय, प्रिया माझी, सरु वाइबा, रेवीका पाण्डे र कुमारी थोकर।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
