काठमाडौँ– ४ बाट निर्वाचित भएलगत्तै कांग्रेस महामन्त्री गगन थापाले अहिलेको चुनावी परिणाममा देशमा नयाँ चालकसहितको सरकारको अपेक्षा व्यक्त भएको बताएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकलाई हाँक्न सक्ने नयाँ चालक नेपाली कांग्रेसले मात्रै दिन सक्ने बताएका छन्।
काठमाडौँ– ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएलगत्तै महामन्त्री थापाले चुनावी परिणाममा देशमा नयाँ चालकसहितको सरकारको अपेक्षा व्यक्त भएको बताएका हुन्। “अहिलेको मतपरिणामलाई हेर्दा जनताले स्थिर सरकारमात्रै होइन। अब नेपाललाई हाक्ने नयाँ चालक पनि खोजिरहेका छन्। यो नयाँ चालक पनि आजको दिनमा कांग्रेसले मात्रै दिनसक्छ”, उनले भने, “कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएर आउदै गर्नुभएका साथीहरूलाई पनि म यसबारेमा बहस र छलफल गर्न आग्रह गर्दछु।”
थापाले चुनावअगाडि नै आफूलाई भावी प्रधानमन्त्रीकारूपमा प्रस्तुत गरेका थिए। अब पार्टीको संसदीय दलको नेता बन्ने तयारीमा लाग्ने थापाले बताए। भने, “निर्वाचन भयो। संवैधानिक प्रक्रिया अवरुद्ध हुने कुरा रोकियो। यसबाट आममानिस खुसी छन्। तर, संविधानमा गरिएका बाचा पूरा हुन सकेका छैनन्। त्यसमा उनीहरू आक्रोसित पनि छन्। यो चुनावमा मतदाताले आफ्ना आकांक्षा पूरा गर्न सक्ने नयाँ सरकार खोजेका छन् ।”
महामन्त्री थापाले चुनावको प्रारम्भिक परिणाम हेर्दा कांग्रेस नेतृत्वको गठबन्धनले बहुमत प्राप्त गर्नेमा विश्वस्त रहेको बताए। “हाम्रो गठबन्धनले बहुमत प्राप्त गर्छ। हाम्रो सरकार बन्छ”, उनले भने। कांग्रेसले देशलाई नयाँ नेतृत्व दिन सक्नुपर्ने थापाले बताए। काठमाडौं–४ बाट तेस्रो पटक चुनाव जितेका थापाले आफूलाई मतदाताले गरेको विश्वासमा आँच आउन नदिने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
