प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख मतदाता रहेको यस निर्वाचनमा बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुँदैछ।
काठमाडौँ– फागुन २१ देखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि बिहीबार निर्वाचन हुँदैछ।
प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ। मतदान सकिएलगत्तै गणना शुरू हुने र बिहीबार नै नतिजा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार निर्वाचनमा प्रदेशसभा सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरप्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको छ।
प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरप्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ। हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ छ।
हाल कायम प्रदेशसभा सदस्य ५४९ र पालिका प्रमुख र उपप्रमुख गरी एक हजार ९९८ मतदाता छन्। आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ।
कानूनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
