मुगुका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्चलगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित छन्।
मुगु– सोरु गाँउपालीका– ६ पुरुमुरु गाँउमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ।
भाइरल ज्वरोले पुरुमुरु गाउँका ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको स्थानीय कर्णजित बुमीले बताए।
पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्चलगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित छन्। जिल्ला अस्पताल बिरामीले भरिएका छन्।
“गाँउभरी बिरामी उपचार अभावमा छटपटाइरहेका छन्। स्वास्थ्य चौकीमा सिटामोलसमेत नपाइने अवस्था छ,” उनले भने, “तर, स्थानीय सरकारबाट कुनै किसिमको सहयोग भएको छैन।”
यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार चिकित्सकसहितको टोलीबाट सोरु गाँउपालिका, पुरुमुरु र जिमा गाउँका १५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ।
जिल्ला अस्पतालका चिकित्सक कमल ढुंगानाले चिसोका कारण बिरामी बढेको बताए। भाइरल फिबर नियन्त्रण हुन केही समय लाग्ने उनको भनाइ छ।
“तारन्तार पसिना आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, खानामा अरुचि हुने, कमजोर महसुस हुने भाइरल फिबरका लक्षण हुन्,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
