आइतबारयता नेप्से परिसूचक निरन्तर घटिरहेको छ। बिहीबार नेप्से ३.९४ अंकले घटेर २०८४.०९ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लागेको छ। सातामा कारोबारको पाँचौँ दिन बिहीबार नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४.०९ को बिन्दुमा कायम भएको हो। आइतबारयता नेप्से परिसूचक निरन्तर घटिरहेको छ।
बिहीबार ३०४ कम्पनीको एक करोड १६ लाख ८९ हजार ९५५ कित्ता शेयर ९१ हजार ३६४ पटकको खरिद बिक्री हुँदा तीन अर्ब ७६ करोड ४५ लाख पाँच हजार ४५० रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा आएका ९१ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा १४१ कम्पनीको घटेको छ।
सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फन्ड–२ को शेयर मूल्य ५.०३ प्रतिशतले घटेको छ।
बिहीबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको कारोबार भएको छ। यो कम्पनीको २८ करोड ६७ लाख बराबरको कारोबार भएको हो। कारोबार भएका शेयर संख्याका आधारमा भने ङ्यादी ग्रुप पावर लिमिटेडको पाँच लाख ९९ हजार ७६१ कित्ता सेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
