कैलाली–५ मा एमालेका नारदमुनिको अग्रता

कैलाली-५ मा नेकपा एमालेका नारदमुनि रानाले प्रारम्भिक अग्रता लिएका छन्। उनलाई नेपाली कांग्रेसका डिल्लीराज पन्तले पछ्याइरहेका छन्।

काठमाडौँ– कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेले अग्रता लिएको छ। 

मंगलबार बिहानबाट शुरू भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार एमालेका उम्मेदवार नारदमुनि रानाले ७२५ मत प्राप्त गरेका छन्। 

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्तले ५७५ र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले ३०० मत प्राप्त गरेका छन्।