यस्तो रहनेछ शुक्रबारको मौसम

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी गण्डकी र कर्णालीको पहाडी भूभागमा हल्का वर्षासमेत हुने सम्भावना छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी गण्डकी र कर्णालीको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। 

यसैगरी, राति पनि पहाडी भूभागमा आंशिकदेखि  साधारणतया बदली नै रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। 

देशभर नै अत्यधिक चिसो बढेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।