मनरुपा २०६४ सालको संविधानसभा चुनावमा कांग्रेसका अर्जुनप्रसाद जोशीसँग झिनो मतले पराजित भइन्। त्यसयताका हरेक चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा परेकी थिइन्।
गण्डकी– मनरुपा शर्मा राष्ट्रियसभाको यात्रा तय गर्न सफल भएकी छन्। पाँचौँ प्रयासमा उनलाई संसद् भवन प्रवेशको ढोका खुलेको छ। बिहीबार भएको निर्वाचनमा तीन हजार ६६० मतभार प्राप्त गरी विजयी बनिन्।
माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा कहिले प्रत्यक्ष त कहिले समानुपातिकतर्फ उम्मेदवार बन्दा पनि निर्वाचित हुन सकेकी थिइनन्। यसपालि भने उनले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेपछि नै पार्टीले न्याय गरेको बताएकी थिइन्।
“आज म धेरै नै खुशी छु। जिल्ला तहका नेता, कार्यकर्ता पनि उत्साहित हुनुहुन्छ, पार्टी र आन्दोलनमा गरेको योगदानको कदर भएको महसुस भएको छ,” बिहीबार साँझ निर्वाचित भएपछि उनले भनिन्, “अब राष्ट्रियसभा सदस्यका रूपमा कानून निर्माणदेखि देश र जनताको हितका काममा क्रियाशील रहन्छु।”
पर्वतको कुस्मा नगरपालिका–१० की मनरुपा २०६४ सालको संविधानसभा चुनावमा कांग्रेसका अर्जुनप्रसाद जोशीसँग झिनो मतले पराजित भइन्। त्यसयताका हरेक चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा परेकी थिइन्। माओवादीले २०७० सालको दोस्रो संविधानसभा चुनाव, २०७४ र २०७९ को प्रदेशसभा चुनावमा शर्मालाई समानुपातिकतर्फ बन्दसूचीमा राखेको थियो। तर, सांसद बन्ने सूचिमा भने पर्न सकिनन्।
गत वर्षको चुनावमा शर्मा समानुपातिकबाट गण्डकी प्रदेशसभा सदस्य बन्ने चर्चा चले पनि पार्टीले अर्कै जिल्लाबाट महिला उम्मेदवारलाई छनोट गरेको थियो। तर, निराश भइनन्। पार्टी र संगठनको जिम्मेवारीमा सधैँ सक्रिय रहिन्। “पार्टीले एक दिन त न्याय गर्ला भन्ने थियो। त्यसैले विचलित नभई लागिरहेँ,” उनले भनिन्।
२०६० सालदेखि पार्टी र संगठनका विभिन्न जिम्मेवारी सम्हाल्दै हाल माओवादी केन्द्र पर्वतको जिल्ला संयोजक छन्। उनी शहीद परिवारको सदस्यसमेत हुन्। उनका विजय सुवेदीको द्वन्द्वका क्रममा २०६१ मंसिर १७ गते राज्य पक्षका सुरक्षाकर्मीबाट हत्या भएको थियो।
सुवेदी तत्कालीन माओवादीको सांस्कृतिक फाँटमा क्रियाशील थिए। एक त महिला अर्कातिर शहीद परिवारको सदस्यका हिसाबले राष्ट्रियसभामा प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि गौरवको विषय भएको मनरुपाले बताइन्।
“हिजो युद्धका कठिन र संघर्षपूर्ण दिनमा जसरी समाज रूपान्तरणको अभियानमा लागियो। अब त्यस्तै ऊर्जाका साथ नयाँ भूमिकामा आफूलाई उभ्याउने प्रण गरेकी छु,” उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
