किसानले आफ्ना उत्पादनका क्रेट नै सडकमा फालेका छन्। आन्दोलनका कारण सडक सडक ठप्प भएको छ।
फ्रान्सका किसानले देशका प्रमुख सडक बन्द गरेका छन् । उनीहरूले उत्पादनको उचित मूल्य नपाएको भन्दै आन्दोलन गरेका हुन्। किसानले आफ्ना उत्पादनका क्रेट नै सडकमा फालेका छन्। आन्दोलनका कारण सडक सडक ठप्प भएको छ।
किसान आन्दोलनले नयाँ प्रधानमन्त्री गेब्रियल अटलका लागि पहिलो ठूलो चुनौती खडा समाचार संस्था एपीले जनाएको छ। आफ्ना माग पूरा नभएसम्म प्रदर्शन जारी रहने किसान युनियनका प्रमुख अर्नाउड गैलोटले बताए।
युरोपेली संघको सबैभन्दा ठूलो कृषि उत्पादक फ्रान्सको दोस्रो र तेस्रो ठूलो शहर मार्सेली र लियोनलाई जोड्ने राजमार्ग अवरुद्ध गर्न किसानले गोलभेँडा, बन्दा र काउलीका क्रेट सडकमा फालेका थिए।

पेरिसको दक्षिण पश्चिमी किनारमा, दर्जनौँ ट्याक्टरहरू बिहानको समय सुस्त गतिमा चलेका थिए। अवरोध कहिले हट्छ, भन्ने प्रश्नमा गैलोट भन्छन्, “प्रधानमन्त्री अटललाई सोध्नुस्। साँचो उहाँ नै हो।”
किसान युनियनले बुधबार ढिलो सरकारलाई उनीहरूको मागको सूची बुझाएको थियो। जसमा फार्मगेट मूल्य सुरक्षित गर्न डिजाइन गरिएको कानूनको राम्रो कार्यान्वयन पनि समावेश छ।
यस्तै, कृषि सवारी साधनको लागि निरन्तर डिजेल कर छुट, कृषि अनुदानको तत्काल भुक्तानी, स्वास्थ्य र जलवायु बीमा भुक्तानीमा ग्यारेन्टीलगायत माग रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
