बाँके नरैनापुरका किसानका लागि २०० बोरा मल संघीय सरकारबाट अनुदानमा प्राप्त भएको थियो। त्यसमध्ये १३० बोरा मल हराएको छ।
खजुरा– संघीय सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट हराएको पाइएको छ। बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्थाले पाएको १३० बोरा मल बाटोबाटै गायब भएको हो।
नरैनापुरका किसानका लागि २०० बोरा (प्रतिबोरा ५० किलो) संघीय सरकारबाट अनुदान प्राप्त भएको थियो। सहकारीको गोदाममा त्यसमध्ये ६४ बोरा मात्रै फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।
उनका अनुसार छ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको भर्पाई पेश भएको छ। बाँकी हुनुपर्ने १३० बोरा युरिया मल बाटोबाटै गायब भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा वाणिज्य, कृषि ज्ञान केन्द्र, कृषि सामग्री कम्पनीका प्रमुखसमेतको सहभागितामा बिहीबार गएको अनुगमन टोलीले नरैनापुरस्थित राप्ती कृषि सहकारीको अनुगमन गरेको थियो।
उक्त सहकारीले प्रचलित कानूनविपरीत कार्य गरेको पाइएकाले उपभोक्ता हित संरक्षण ऐनबमोजिम दुई लाख रुपैयाँ जरिबाना तोकिएको प्रजिअ पोखरेलले बताए।
अहिले गोदाममा भएको ६४ बोरा मल सिल गरिएको छ। गायब भएको १३० बोरा मलबारे सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन सहकारीलाई निर्देशन दिइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
