चितवन-२ मा रवि लामिछानेले लिए अग्रता

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १२८ मतान्तरले अग्रता लिएका छन्।

काठमाडौं– चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन्।

इच्छाकामना गाउँपालिकाको १० हजारभन्दा बढी मतगणना हुँदा लगातार तेस्रो स्थानमा रहेका लामिछाने कालिका नगरपालिका १ को गणना शुरू भएपछि १२८ मतान्तरसहित पहिलो स्थानमा उक्लिएका हुन्।  

लामिछानेको ४ हजार ७ मत छ। एमालेका कृष्णभक्त पोखरेलेको ३ हजार ८७९ छ। गठबन्धनका तर्फबाट कांग्रेसका उमेश श्रेष्ठको ३ हजार ४१० मत छ।