अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले राजस्वको दृष्टिकोणबाट सरकार धेरै दबाबमा रहेको बताएका छन्।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजस्व उठ्न नसकेको बताएका छन्।
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले राजस्वको दृष्टिकोणबाट सरकार धेरै दबाबमा रहेको बताएका हुन्। राजस्व संरचनामा परिवर्तन र विद्युतीय सवारीको आयात बढेका कारण लक्ष्यअनुसार उठ्न नसकेको अर्थमन्त्री महतको भनाइ छ।
“नेपालमा जुन गाडी आयात हुन्छ। त्यो पेट्रोल र डिजेलमा आधारित थियो,” उनले भने, “अहिले विद्युतीय गाडी (इभी)लाई प्रमोट गर्ने हिसाबले इन्धनबेस भेकलको तुलनामा न्यून भन्सार दर राखेका छौँ। त्यसले गर्दा ३४/३५ अर्ब कम भन्सार राजस्व उठेको छ।”
पछिल्लो समय नेपालमा इन्धनमा आधारित गाडीभन्दा ईभीको आयात दोब्बर भएको अर्थमन्त्री महतले बताए। “त्यसले गर्दा हामी परम्परागत हिसाबबाट जुन राजस्व वृद्धिको आकलन गरिरहेका थियौँ, र यही ईभी एडप्टेसनको पनि जुन प्रक्षेपण गरेका थियौँ। त्योभन्दा ज्यादा नागरिक त्यतातिर उन्मुख छन्,” उनले भने, “जसले गर्दा हाम्रो राजश्वको लक्ष्य प्राप्त गर्न थप कठिनाइ आएको छ।”
आन्तरिक राजस्व र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
