शुक्रबारको छलफलको विषय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित थियो। जसअनुसार पर्यटनमन्त्री बैठकमा उपस्थिति हुनुपर्ने थियो।
काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक शुक्रबार बिहान १० बजे बोलाइएको थियो। बैठकको कार्यसूची थियो, अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल र विविध।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वउपसभामुख एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसहित सांसदहरू बैठकमा सहभागी थिए। बैठकको शुरूमा सांसद सुमना श्रेष्ठले विधेयकमाथिको संशोधन प्रस्ताव प्रस्तुत गरिन्।
सभापति राजकिशोर यादवले उक्त विधेयकको दफावार छलफलका लागि समितिका सचिव बबिता मिश्रलाई अनुमति दिए। सचिव मिश्रले विधेयकको पहिलो दफा पढेर सहमतिका लागि प्रस्तुत गरिन्। तालिकासाथ सांसदहरूले पहिलो दफा पारित भएको जनाउ दिए।
त्यत्तिकैमा नेकपा (एमाले)का सांसद रघुजी पन्त बैठक हल प्रवेश गरे। बैठक शुरू भइसकेपछि केही ढिलो गरी उपस्थित भएका नेता पन्तले पनि आफ्नो विधेयकउपरको संशोधनका बुँदा पढेर सुनाए। उनले आफ्नो कुरा राखिसकेपछि बैठक हलको चारैतिर नजर लगाए।
विभागीयमन्त्री नदेखेपछि सांसद पन्तले पूर्वप्रधानमन्त्री र वरिष्ठ नेतालगायतको उपस्थिति हुँदा बैठकमा मन्त्री उपस्थिति नहुने अवस्थामा बैठक चल्न सक्दैन भने। उनले समितिको बैठकलाई बेवास्ता गर्न नमिल्ने जिकिर गरे। त्यसपछि सभापति यादव केहीबेर अकमकिए।
राष्ट्रियसभाको निर्वाचनको सन्दर्भमा धेरै सांसद काठमाडौँबाहिर भएकाले बैठकमा छलफल गर्दै गर्ने भन्ने उद्देश्यले बैठक बोलाइएको सभापति यादवले उल्लेख गरे।
शुक्रबारको छलफलको विषय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित थियो। जसअनुसार पर्यटनमन्त्री बैठकमा उपस्थिति हुनुपर्ने थियो। तर, शुक्रबारको बैठकमा मन्त्रीलाई नबोलाइएको समितिले जनाएको छ।
यत्तिकैमा बैठकमा सहभागी सांसदहरू कानेखुसी गर्न थाले। सांसद पन्तले बैठकमा गणपूरक संख्या पनि नपुगेकाले यो बैठक स्थगित हुनुपर्छ भनेर माग गरे। सभापति यादवले केहीबेर सम्झाउने प्रयास गरे। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि सांसदको सहमतिमा बैठक सञ्चालन हुँदै गर्दा गणपूरक पुर्याएर अगाडि बढ्न सकिने धारणा राखे।
“कहिलेकाहीँ हेड काउन्ट’ गरेर मात्रै हुँदैन, पहिले अनुमति लिएर म उपस्थित हुन्छु है भनेर पनि बैठक सहमतिमा सञ्चालन गर्न मिल्छ, तर यस्तो विषयमा मन्त्री उपस्थिति हुनुपर्छ,” उनले भने।
सांसद पन्तले आफ्नो अडान नछाडेपछि सभापति यादवले बैठक स्थगित भएको घोषणा गरे। प्रतिनिधिसभा नियमावली, २०७९ मा समितिको गणपूरक संख्या नपुगेमा समितिको सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को कुनै समय वा दिनसम्मका लागि बैठक स्थगित गर्न सक्ने व्यवस्था छ।
समितिको बैठक लगातार दुईपटक गणपूरक संख्या नपुगेमा कम्तीमा एक तिहाइ सदस्यहरूको उपस्थितिमा बैठक बस्न सक्ने र सोको जानकारी सभापतिले सभामुखलाई दिनुपर्ने व्यवस्था छ। समितिमा कुल २७ सांसद छन्, शुक्रबारको बैठकमा कुल नौ सांसद मात्रै सहभागी थिए।
समितिका सचिव बबिता शर्माका अनुसार शुक्रबारको बैठकमा विभागीय मन्त्रीलाई बोलाइएको थिएन। विभागीय मन्त्रालयका सचिवहरूको उपस्थितिमा विधेयकको छलफल अघि बढाउने उद्देश्यले बैठक तोकिएको थियो। शुक्रबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र कानून, न्याय तथा संसदीय मामिलामन्त्रालयका सहसचिवको उपस्थिति थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
