कर्णालीले दिएको १७२ रनको लक्ष्य पुलिसले २३.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। पुलिसका ओपनर दिलीप नाथले अविजित रहँदै सर्वाधिक ७५ रन बनाए।
काठमाडौँ– ओपनर दिलीप नाथको अर्धशतक प्रेरित विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कपमा लगातार छैटौँ जित हासिल गरेको छ।
शुक्रबार सम्पन्न खेलमा पुलिसले कर्णालीलाई ६ विकेटले पराजित गरेको हो। कर्णालीले दिएको १७२ रनको लक्ष्य पुलिसले २३.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
पुलिसका ओपनर दिलीप नाथले अविजित रहँदै सर्वाधिक ७५ रन बनाए। उनले ६२ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।
अर्का ओपनर कुशल भुर्तेल ४३, कप्तान दीपेन्द्रसिंह ऐरी ३४, आरिफ शेख ९ र अमित श्रेष्ठ १ रनमा आउट हुँदा अर्जुन साउद २ रनमा अविजित रहे।
कर्णालीका प्रकाश जैशीले सर्वाधिक २ विकेट लिए। दीपेन्द्र रावल र दिवस पुनको नाममा १/१ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णालीले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन बनायो।
कर्णालीका ओपनर निश्चल रावलले सर्वाधिक ५० रन बनाए। उनले १०७ बलमा ६ चौका प्रहार गरे। कप्तान रवीन्द्र शाही ४०, अर्जुन घर्ती २३ र दिवस पुन २० रनमा आउट भए।
पुलिसका सागर ढकालले सर्वाधिक ३ विकेट लिए। ललित भण्डारीले २ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र कुशल भुर्तेलले १/१ विकेट लिए।
जितसँगै शीर्ष स्थानमा रहेको पुलिसले ६ खेलबाट १२ अंक जोडेको छ। सातौँ स्थानमा रहेको कर्णालीको ७ खेलबाट ६ अंक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
