काठमाडौँ क्षेत्र नम्बर ९ बाट नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मत ल्याएर विजयी भएका छन्।
काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर ९ बाट नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्।
श्रेष्ठले ११ हजार ९५६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे। माओवादी केन्द्रका कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरिन्। उनी सत्ता गठबन्धनकी उम्मेदवार थिइन्।
श्रेष्ठ २०७४ सालको आमनिर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए। त्यसबेला वाम गठबन्धनमा रहेको माओवादी केन्द्रले उनलाई समर्थन गरेको थियो।
काठमाडौँमा श्रेष्ठले एमालेको खाता खोलेका हुन्। उनको जितसँगै एमालेले प्रतिनिधिसभामा अहिलेसम्म दुई क्षेत्रमा जितेको छ। यसअघि ललितपुर-२ मा एमाले उम्मेदवार विजयी भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
