जापानमा भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति

जापानमा जनवरी १ मा गएको भूकम्पमा परी कम्तिमा २३६ जनाको मृत्यु भएको र भौतिक क्षतिको लागत १७ अर्ब ६० करोड अमेरिकी डलर पुग्ने सरकारी अधिकारीले बताएका छन्।

जापानले नयाँ वर्षको दिन गएको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी गराएको छ।

जापानको राजधानी टोकियोमा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा गएको भूकम्पमा परी कम्तिमा २३६ जनाको मृत्यु भएको र भौतिक क्षतिको लागत १७ अर्ब ६० करोड अमेरिकी डलर पुग्ने सरकारी अधिकारीले शुक्रबार बताएका छन्।

इशिकावा प्रान्तमा केन्द्रबिन्दु रहेको ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछिका परकम्पले जापानको समुद्री तटमा रहेको उक्त क्षेत्रको केही भाग ध्वस्त पार्नुका साथै भवनहरू भत्किएका छन्। सडकहरू चर्किनुका साथै ठूलो आगलागीसमेत भएको थियो।

इशिकावा र दुई छिमेकी क्षेत्रमा १.१ ट्रिलियन येन (७.४ बिलियन डलर) देखि २.६ ट्रिलियन येन (१७.६ अर्ब डलर) को क्षति भएको हुनसक्ने सरकारी अध्ययनले देखाएको हो। 

मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीले विगतका ठूला भूकम्पको तथ्यांक प्रयोग गरेर गणना गरिएको र बिहीबार सरकारी बैठकमा आर्थिक प्रतिवेदन पेस गरेको पुष्टि गरेका छन्।

तर सन् २०११ मा उत्तरपूर्वी जापानमा गएको भूकम्प र सुनामीका कारण भएको १६.९ ट्रिलियन येनको क्षतिभन्दा यो निकै कम हो।

त्यस विपत्तिले लगभग १८ हजार ५०० मानिसको मृत्यु वा बेपत्ता र फुकुशिमा आणविक केन्द्रमा आणविक दुर्घटना निम्त्याएको थियो। यसलाई चेर्नोबिलपछिको विश्वको सबैभन्दा खराब आणविक दुर्घटना मानिएको छ। 

इशिकावामा हिमपात र नराम्ररी क्षतिग्रस्त सडकहरूका कारण भूकम्पपछि राहत प्रयास जटिल बनाएको छ। अधिकारीले बिहीबार इशिकावाको पुनर्निर्माणको विस्तृत योजना सार्वजनिक गरेका छन्। यसमा कारखाना र बन्दरगाहको पुनर्निर्माणका साथै यस क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न अनुदानका साथै उद्धारका लागि आश्रय स्थलहरूमा सुधार समावेश छ।