विभागले अखाद्य रङको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न/नगराउनसमेत अनुरोध गरेको छ।
काठमाडौँ– कटन क्यान्डीमा अखाद्य रङ ‘रोडामाइन बी’को प्रयोग गरिएकाले नखान आग्रह गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता कृष्णमोहन महर्जनले काठमाडौँ विभिन्न स्थानका सडकपेटी, मेला बजारमा बेच्न राखिएका रङ्गिन कटन क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने खालका अखाद्य रङ रोडामान बीको प्रयोग गरिएकाले नखान आग्रह गरिएको बताए।
उनले खुला रूपमा बिक्री वितरण गरिरहेका कटन क्यान्डीको उपभोग नगर्न र आफ्ना बालबालिकालाई नदिनसमेत अनुरोध गरे। विभागले अखाद्य रङको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न/नगराउनसमेत अनुरोध गरेको छ।
“कतै अखाद्य रङ प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री विवरण गरेको पाइएमा खाद्य ऐन नियमबमोजिम कारबाही हुने व्यवहोरा सबैलाई जानकारी गराइन्छ,” विभागद्वारा जारी सूचनामा भनिएको छ।
कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय कटन क्यान्डीमा चिनीको मात्रा बढी, प्राकृतिक केमिकल, अखाद्य पदार्थ रहने भएकाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने बताउँछन्। उनका अनुसार कटन क्यान्डीले दाँतमा किरा लाग्ने, तौल बढाउने, स्मरण शक्तिमा कमी, पिसाबमा रङ देखिनेलगायत समस्या हुने गर्दछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
