क्लोपले सिजनको अन्त्यमा लिभरपुल छाड्ने

जर्मन प्रशिक्षक योर्गेन क्लोपले सिजनको अन्त्यमा इंग्लिस क्लब लिभरपुल छाड्ने भएका छन्।

जर्मन प्रशिक्षक योर्गेन क्लोपले सिजनको अन्त्यमा इंग्लिस क्लब लिभरपुल छाड्ने भएका छन्। लिभरपुलले क्लोपलाई अक्टोबर २०१५ मा नियुक्त गरेको थियो।  

लिभरपुलसँग सन् २०२६ सम्मको सम्झौता रहे पनि उनले यो सिजनको अन्त्यमा जिम्मेवारी छाड्न लागेका हुन्। “यो क्षण धेरैका लागि एक झट्का हो। तर, मैले नोभेम्बरमा नै क्लबलाई भनिसकेको थिएँ,” उनले भनेका छन्। 

क्लोपको प्रशिक्षणमा लिभरपुलले सन् २०१९ को च्याम्पियन्स लिग फाइनलमा टोटेनह्यामलाई पराजित गर्दै छैटौँ पटक उपाधि जितेको थियो। २०१९–२० को सिजनमा उनले ३० वर्षपछि पहिलो पटक लिभरपुललाई प्रिमियर लिगको उपाधिसमेत दिलाएका थिए। त्यसपछि यूईएफए सुपर कप, फिफा क्लब विश्वकपसमेत लिभरपुलले जितेको थियो। 

सन् २०२१–२२ को सिजनमा लिभरपुलले एफए कपको उपाधि जितेको थियो। तर, प्रिमियर लिगको अन्तिम खेलमा जित हासिल गरे पनि म्यानचेस्टर सिटीसँग एक अंकले पछाडि पर्दा लिभरपुल उपविजेता बनेको थियो। च्याम्पियन्स लिगको फाइनलमा पनि लिभरपुल रियल मड्रिडसँग पराजित भएको थियो।

लिभरपुलले गत सिजन कुनै पनि ठूलो उपाधि जित्न सकेको थिएन। तर यस सिजन चार ट्रफीक लागि लिभरपुलले प्रतिस्पर्धामा गरिरहेको छ। बुधबार फुलह्यामलाई हराउँदै लिभरपुलले काराबाओ कपको फाइनलमा स्थान बनाएको छ।