अन्तर्राष्ट्रिय अदालतले नरसंहारको मुद्दाबाट बाहिर नहट्ने जनाएको छ।
अन्तर्राष्ट्रिय अदालतले इजरायललाई गाजामा प्यालेस्टिनीहरू विरुद्ध नरसंहारको कार्य रोक्न र त्यहाँका नागरिकहरूलाई मद्दत गर्न आदेश दिएको छ।
गाजामा नरसंहार रोक्न र युद्धविरामको आदेश दिन भन्दै यो महिनाको शुरूमा दक्षिण अफ्रिकाले नेदरल्यान्डको हेगमा अवस्थित अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा इजरायलविरुद्ध मुद्दा दायर गरेको थियो।
शुक्रबारको फैसलामा, अदालतका न्यायाधीशहरूले इजरायलले आफ्ना सेनाहरूलाई नरसंहार गर्नबाट रोक्नको लागि उपायहरू अपनाउन भनेको छ। साथै त्यहाँको मानवीय अवस्था सुधार गर्न इजरायलले कदम चाल्न इजरायललाई आदेश दिएको छ। न्यायाधीशहरूको समूहले नरसंहारको कार्य रोक्न भने पनि दक्षिण अफ्रिकाको अनुरोध अनुसार युद्धविरामको आदेश भने दिन नसकेको रोयटर्सले जनाएको छ।
प्यालेस्टिनी विद्रोही समूह हमास र इजरायलबीच अक्टोबर ७ देखि शुरु भएको युद्धमा अहिलेसम्म २६ हजार भन्दा धेरै प्यालेस्टिनीको मृत्यु भइसकेको छ। इजरायलले गाजामा आक्रमण जारी राखेको छ।
आईसीजेले युद्धविरामको आदेश नदिए पनि प्यालेस्टिनीहरू १९४८ नरसंहार महासन्धि अन्तर्गत संरक्षित समूह भएको देखाउँदै नरसंहारको मुद्दाबाट बाहिर नहट्ने जनाएको छ। यद्यपि यसले नरसंहारको आरोपको योग्यता निर्धारण भने गरेको छैन। यसबारे निर्णय गर्न वर्षाैँ समय लाग्न सक्ने बताइएको छ।
इजरायलले दक्षिण अफ्रिकाको आरोपलाई ‘झुटो’ र ‘घोर विकृत’ भनेको छ। साथै नागरिकको हताहतीबाट बच्न सक्दो प्रयास गर्ने प्रतिबद्धता भने जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
