महोत्तरी-३ मा स्वतन्त्र उम्मेदवार रामआधारलाई पछ्याउँदै महन्थ

महोत्तरी ३ मा स्वतन्त्र उम्मेदवार रामआधार कापरलाई लोसपाका महन्थ ठाकुरले पछ्याइरहेका छन्।

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत महोत्तरी ३ मा स्वतन्त्र उम्मेदवार रामआधार कापर अगाडि देखिएका छन्।

ताजा मतपरिणाम अनुसार उनले २ हजार ८९३ मत ल्याएका छन्। उनको निकटतम प्रतिस्पर्धी लोसपाका महन्थ ठाकुरले १ हजार ५४५ मत पाएका छन्।

त्यस्तै, जसपाका हरिनारायण यादव १ हजार ३२७ मत ल्याएर तेस्रो स्थानमा छन् भने तमलोपाका वृषेश चन्द्र लालले ९१ मत पाएका छन्।

त्यस्तै, महोत्तरी क्षेत्र ३ प्रदेशसभा (१) मा लोसपाका अभिराम शर्माले २ हजार २२२ मतसहित अग्रता लिएका छन्। उनलाई जसपाका दिपेन्द्र झाले २ हजार ११२ मतसहित पछ्याइरहेका छन्।

महोत्तरी क्षेत्र ३ प्रदेशसभा (२) मा स्वतन्त्र उम्मदेवार उज्ज्वलकुमार झाको अग्रता छ। उनले १ हजार ७३० मतसहित अग्रता लिँदा एमालेका रामदयाल मण्डलले ९०६ मत ल्याएर पछ्याइरहेका छन्। लोसपाका रानीशर्मा तिवारी ७८२ मतसहित तेस्रोमा छन्।