तराईमा बाक्लो हुस्सु, कोशी र गण्डकीको उच्च पहाडमा हिमपातको सम्भावना

देशभर चिसो अत्यधिक बढेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौँ– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

कोशी, बागमती र गण्डकीको पहाडी भूभाग तथा मधेशमासमेत आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ।

दिउँसो, कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ। 

यसैगरी, राति कोशी र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका हिमपातसमेत हुने सम्भावना छ।

देशभर चिसो अत्यधिक बढेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।