नमूना परीक्षण गर्दा स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ पाइएकाले क्यान्डीको बिक्रीमा रोक लगाउनुपरेको महानगरको भनाइ छ।
काठमाडौँ– काठमाडौँ महानगरले अखाद्य रङयुक्त कटन क्यान्डी उत्पादन, प्रयोग तथा बिक्रीमा रोक लगाएको छ।
शनिबार सार्वजनिक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र कटन क्यान्डी बिक्रीमा रोक लगाएको हो।
“कटन क्यान्डीले आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकाले महानगर क्षेत्रभित्र यस्ता अखाद्य रङयुक्त वस्तु प्रयोग तथा बिक्री नगर्न/नगराउन अनुरोध गर्दछौँ,” सूचनामा भनिएको छ, “काठमाडौँ महानगरभित्र उत्पादन तथा बिक्री गरेको पाइए पाँच हजारदेखि दुई लाख रुपैयाँसम्म जरिबाना हुनेसमेत जानकारी गराइन्छ।”
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा नमूना परीक्षण गराउँदा अखाद्य रङ पाइएकाले रोक लगाउनुपरेको महानगरले जनाएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
