इलामका पर्यटकीय क्षेत्र कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कल, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पानीटार, कुइभिर, गजुरमुखी, माङमालुङजस्ता क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक घुम्न आउने गरेका छन्।
फिक्कल– इलामको पर्यटन लयमा फर्कन थालेको छ। कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो।
पर्यटन सूचना केन्द्र रोङका अनुसार २०८०/८१ को ६ महिनामा ८५ हजार ३२६ जना पर्यटक इलाम भित्रिएका छन्। जसमा ७४ हजार ७७७ आन्तरिक र १० हजार ५४९ जना विदेशी पर्यटक छन्। साउनमा एक हजार २८९, भदौमा ९१८, असोजमा दुई हजार १४५, कात्तिकमा १८ हजार ३०३, मंसिरमा २६ हजार ५४८ र पुसमा ३६ हजार १२२ जना पर्यटक इलाम घुम्न आएका छन्।
जोरकलश हुँदै गत आवमा एक लाख ३३ हजार ४४५ जना पर्यटक भित्रिएको केन्द्रका सूचना अधिकारी गगन घिमिरेले जानकारी दिए। त्यसअघि २०७८/०७९ मा एक लाख २९ हजार ५८१ जना पर्यटक इलाम घुम्न आएका थिए। कोरोना सङ्क्रमण बेला २०७७/७८ मा २९ हजार ८११ मात्र इलाम घुम्न आएको पर्यटन सूचना केन्द्रको तथ्यांक छ।
“उल्लिखित तथ्यांक जोरकलश प्रवेशद्वारबाट जिल्ला भित्रिएका पर्यटकको मात्र हो। जिल्लाका अन्य क्षेत्र माई नगरपालिकाको सुखानी, माङसेबुङ गाउँपालिकाको बाँझो, सूर्योदय नगरपालिकाको पशुपतिनगरबाट पर्यटक भित्रिने गरेका छन्,” सूचना अधिकारी घिमिरेले भने, “कोरोनाकालपछिको पछिल्लो तीन वर्ष जिल्ला भित्रिने पर्यटकको संख्या दिनानुदिन बढिरहेको छ।”
इलामका पर्यटकीय क्षेत्र कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कल, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पानीटार, कुइभिर, गजुरमुखी, माङमालुङजस्ता क्षेत्रमा बर्सेनि आन्तरिक र बाह्य पर्यटक घुम्न आउने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
