प्रधानमन्त्री कप: बागमतीसँग लुम्बिनी ६ विकेटले पराजित

९ खेलबाट १२ अंक जोडेको बागमती तालिकाको दोस्रो स्थानमा छ। ६ खेलमा समान अंक रहेको पुलिस शीर्ष स्थानमा छ। 

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष क्रिकेटमा बागमतीले लुम्बिनीलाई ६ विकेटले पराजित गरेको छ।

शनिबार कीर्तिपुरमा लुम्बिनीले दिएको १०७ रनको लक्ष्य बागमतीले ४ विकेट गुमाएर १७.२ ओभरमा पूरा गर्‍यो। 

बागमतीका ईशान पाण्डेले ५० रनको अर्धशतकीय इनिङ्स खेले। रीत गौतमले २४ तथा आशुतोष घिरैयाले १४ रन बनाए। 

लुम्बिनीका निर्मल गुरुङले २ तथा कृष्ण कार्की र अभिषेक गौतमले समान १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको लुम्बिनी १०६ रनमा अलआउट भयो। लुम्बिनीका कप्तान सुशान्त थापाले सर्वाधिक २८ रन बनाए। 

निर्मल गुरुङ २७ रनमा नटआउट रहे। प्रज्वल थापाले १४ तथा बिराज भण्डारीले १३ रनको योगदान दिए। बागमतीका सूर्य तामाङले १० ओभरमा २ मेडनसहित २६ रन खर्चेर ६ विकेट लिए। 

विपिन आचार्य २ तथा क्रिजन गुरुङ र प्रतिस जिसीले समान १–१ विकेट लिए। ९ खेलबाट १२ अंक जोडेको बागमती तालिकाको दोस्रो स्थानमा छ। 

६ खेलमा समान अंक रहेको पुलिस शीर्ष स्थानमा छ। ६ खेलमा २ अंक रहेको लुम्बिनी पुछारबाट दोस्रो स्थानमा छन्।