प्रधानमन्त्री दाहालले आफू तेस्रो पटक प्रधानमन्त्री भएपछि ‘माओवादी जनयुद्ध’ र जनआन्दोलनका शहीदहरू नछुटुन् भनेर विशेष ध्यान दिएको बताए।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करिब ३ हजारलाई छिट्टै शहीदको सूचीमा समेट्न लागिएको बताएका छन्।
शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले ‘माओवादी जनयुद्ध’का क्रममा मारिएका तर सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्नका लागि मन्त्रिपरिषद्बाट निर्णय भएर राजपत्रका प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताएका हुन्।
“झन्डै ३ हजार छुट भएकाको शहीद घोषणाका लागि चाहिँ क्याबिनेटबाट निर्णय भइसकेको छ। गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ। र अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढिसकेको छ,” उनले भने।
प्रधानमन्त्री दाहालले सरकारले अझै पनि सशस्त्र द्वन्द्वकालमा बलिदान गर्नेहरूलाई शहीद बनाउने क्रममा छुट भएका भए तत्काल सम्बोधन गर्ने आश्वासनसमेत दिए। उनले आफू तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी सशस्त्र द्वन्द्वकाल र जनआन्दोलनका शहीदहरू नछुटुन् भनेर विशेष ध्यान दिएको बताए।
सरकारले ‘जनयुद्ध’मा शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने कुरालाई उच्च प्राथमिकता दिएको उनको भनाइ थियो। उनले ‘माओवादी जनयुद्ध’मा बेपत्ता भएकाहरूको योगदानलाई कदर गर्न सरकारले सक्दो पहल गरिरहेको पनि बताए।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले पार्टीको नेतृत्वमा अझै आफ्नो जिम्मेवारी रहेको निष्कर्षमा आफू रहेको बताएका छन्।
“मलाई के लाग्छ भने जनयुद्धको तयारी, जनयुद्धको थालनी, शान्ति सम्झौता, संविधानसभा, गणतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिकता यो एउटा लामो वैचारिक र वर्ग संघर्षबाट भयो। त्यो एउटा निश्चित विचार र नेतृत्वअन्तर्गत भयो। अझै पनि जिम्मेवारी त्यही नेतृत्वको बाँकी छ भन्ने मेरो ठहर छ। अहिले रातारात अर्को नेता युवाहरू आइहाल्छन्, उनीहरूले सबैलाई लगी हाल्छन् भन्ने स्थिति अझै तयार भइहालेको छैन,” उनले भने।
उनले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनका लागि आफूले वातावरण बनाइदिने आश्वासनसमेत दिए। उनले समान विचार भएका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध हुन पनि आह्वान गरे। उनले पार्टी नेतृत्वमाथि उदासीन हुने काम नगर्न पनि पार्टीका नेता–कार्यकर्तालाई सचेत गराए। उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गराउन आफूहरूले बल गरिरहेको जिकिर गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
