पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक भएको छ।
काठमाडौँ– पत्रकार कलेन्द्र सेजुवालको पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक भएको छ।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, वरिष्ठ पत्रकार किशोर नेपाललगायतले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन्।
पुस्तक विमोचन कार्यक्रममा उपप्रधानमन्त्री खड्काले पत्रकारिता सही मार्गमा हिँडेको खण्डमा मात्र त्यसले समाज र समग्रलाई देशलाई सही दिशानिर्देश गर्ने बताए।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सञ्चार क्षेत्रका विषयमा सञ्चारकर्मीले नै आलोचनात्मक पुस्तक प्रकाशित गर्नु राम्रो पक्ष भएको उल्लेख गरे।
वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पूर्व सभापति किशोर नेपालले पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार सेजुवालले रिपोर्टिङमा जस्तै पुस्तकमा पनि आफ्नो खोजपूर्ण कौशल देखाएको बताएका थिए।
महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यले पुस्तक ‘तथ्य–कथा’ रहेको बताए।
पुस्तकमा सन्दर्भ, उपकथा र मूलकथा गरी तीन खण्ड रहेका छन्। पुस्तक प्रेस फ्रिडम मिडियाले प्रकाशन गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
