कास्की २ मा स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई नेकपा एमालेका विद्या भट्टराईले पछ्याइरहेकी छन्।
पोखरा– कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन्।
जारी मतगणनामा सो पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद कँडेल तीन हजार ५४७ मतसहित अगाडि छन्। उनलाई नेकपा (एमाले)का विद्या भट्टराईले तीन हजार ३९८ मतसहित पछ्याइरहेकी छन्।
नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बरालले एक हजार ९७४ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले एक हजार ३४७ मत ल्याएका छन्।
त्यस्तै, प्रदेशसभातर्फ कास्की–२ (१)मा एमालेका भीम कार्की तीन हजार ८३४ मतसहित अगाडि छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले तीन हजार ७४७ मतसहित पछ्याइरहेका छन्।
सो क्षेत्रमा नेकपा (माओवादी केन्द्र)का विश्वप्रकाश लामिछानेले दुई हजार १०८ र हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले एक हजार २४० मत ल्याएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
