यस्तो रहनेछ आइतबारको मौसम

तराईका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ। दिउँसो, कोशी, बागमती र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी, राति कोशी, बागमती, गण्डकी र कर्णालीको पहाडी भूभागमा आंशिक हुनेछ। यी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। 

देशभर अत्यधिक चिसो बढेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।