स्पेनिस ला लिगामा रियल मड्रिडको पुनरागमन जित

रियल २१ खेलबाट ५४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको जिरोनाको समान खेलबाट ५२ अंक छ। 

काठमाडौँ– रियल मड्रिड पुनरागमन जित हासिल गर्दै स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। 

शनिबार राति भएको खेलमा लास पालमासलाई २–१ ले पराजित गर्दै २१ खेलबाट ५४ अंक बनाएको हो। दोस्रो स्थानमा रहेको जिरोनाको समान खेलबाट ५२ अंक छ। 

लास पालमसको घरेलु मैदानमा पाहुना टोली रियललाई जिताउन भिनिसियस जुनियर र औरेलिन चुवामेनीले गोल गरे। 

खेलमा अग्रता भने ५३औँ मिनेटमा जाभियर मुनोजको गोलमा पालमसले लिएको थियो। 

६५औँ मिनेटमा गोल गर्दै भिनिसियसले खेललाई बराबरीमा ल्याए। ८४औँ मिनेटमा चुवामेनीले हेडरमार्फत गोल गर्दै रियललाई जित दिलाए।

२२ खेलमा ३१ अंक बनाएको पालमस तालिकाको नवौँ स्थानमा छ।