सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्ड कालोपत्रका लागि बजेट अभाव भएको छ।
धनकुटा– पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव भएको छ।
सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि बजेट अभाव भएको हो।
आयोजनाको मुलघाट–पाँचथर खण्डको ११२ किमी सडक कालोपत्रका लागि २०७९ कात्तिकमा ठेक्का लागेको थियो। चार अर्ब १६ करोड लागतमा ठेक्का लागेको थियो। गत वर्ष ४८ करोडको काम भएको करिडोरमा २०८०/८१ मा ५८ करोड विनियोजन भएको थियो।
तर उक्त रकम पुस मसान्तको छ महिनाभित्रमा ४० करोड सकिसकेको तमोर करिडोर आयोजना प्रमुख प्रदीप निरौलाले जानकारी दिए। “अब आयोजनालाई विनियोजित रकम १८ करोड बाँकी छ, तर निर्माण व्यवसायीलाई काम गरेको तिर्नुपर्ने रकम २५ करोड छ,” उनले भने।
आयोजना निरन्तरताका लागि चालु आवको असार मसान्तसम्मका लागि सरकारलाई थप एक अर्ब २० करोड माग गरेको उनले जानकारी दिए। सरकारले तत्काल रकम निकासा गरेर सहयोग नगरे आयोजना प्रभावित हुने उनको भनाइ छ।
इन्जिनियर जयराम अधिकारीका अनुसार करिडोरको हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको छ। आर्थिक अभाव तथा आयोजनाका समस्याका बारेमा जिल्लामा थप छलफल गरेर सरकार र मन्त्रालयलाई जानकारी गराउने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।
भारतको जोगबनीबाट तमोर नदीको किनार हुँदै तिब्बतसँगको सीमा ओलाङचुङगोलासँग जोड्न २०६५ सालमा आयोजना शुरू गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
