सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन्। यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ।
इलाम– चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका–१ का जगन्नाथ अधिकारीले चियाको मूल्य प्रतिकिलो ३५ रुपैयाँ मात्र पाए।
नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ४० रुपैयाँ छ तर, चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ। किसानले चिया टिप्दा मुना छुट्याएर नटिप्ने र पात धेरै मिसाएर टिप्ने भएका कारण न्यूनतम समर्थन मूल्य नै पाउन सकेका छैनन्। “चिया टिप्ने हातेमेसिन भएचाहिँ भनेजस्तै हुने थियो, फेरि यसरी टिप्नुपर्छ भनेर तालिम पनि पाएका छैनौँ,” अधिकारीले भने।
किसानको यही समस्या समाधान गर्न सूर्योदय नगरपालिकाले चिया टिप्न हातेमेसिन वितरण गर्दैछ। उत्पादनलाई गुणस्तरीय बनाउन हातेमेसिन वितरण गर्न लागेको नगरप्रमुख रणबहादुर राईले बताए। “चियाको मुना एकातिर र पात एकातिर गरेर बिक्री गर्यौँ भने गुणस्तरीय चिया उत्पादन हुन्छ,” उनले भने, “अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्यमा बिक्री हुन्छ। तर टिपाइमै समस्या भयो भने यसबाट दीर्घकालीन उपलब्धि हासिल हुन सक्दैन।”
किसान समूह, चिया सहकारी संस्था अन्य सहकारी संस्था र नगरपालिकाको साझेदारीमा किसानले ५० प्रतिशतमा हातेमेसिन प्राप्त गर्न लागेका हुन्। “त्यो मेसिन ब्याट्रीबाट चल्छ। अन्तर्राष्ट्रिय चिया बजारको मान्यतामा कुनै पनि पेट्रोल र डिजेलले चल्ने मेसिनलाई मान्यता नदिने भएका कारण ब्याट्रीबाट चल्ने मेसिन वितरण गर्न लागेका हौँ,” राईले भने, “चियालाई अर्ग्यानिक’ बनाउन पालिका लागिरहेको छ।”
चियाको ब्रान्ड बिग्रिँदा सबैभन्दा बढी घाटा किसानलाई हुने उनको भनाइ छ। “व्यापारीलाई कहिल्यै घाटा हुँदैन। उसले आफ्नो व्यापार परिवर्तन गर्न सक्छ। तर किसानले सजिलै चियाखेती परिवर्तन गर्न सक्दैन। त्यसैले हामी सचेत बनेर गुणस्तरीय चिया टिपौँ,” उनले भने।
राम्ररी टिपेको चिया ४० देखिमाथि २०० रुपैयाँ प्रतिकिलोसम्म पनि बिक्री भइरहेको छ। “गुणस्तरीय चिया टिपौँ न। चियाको न्यूनतम समर्थन मूल्य ४० हो। तर चियाको मुना ४० प्रतिशतचाहिँ हुनुपर्छ,” नगरप्रमुख राईले भने, “४० प्रतिशत मुना भएको चियालाई कुनै उद्योगले ४० रुपैयाँ दिएन भने नगरपालिकामा आउनुहोस् हामी दिलाउँछौँ।”
समग्र देशको चियाको टिपाइमा नै सुधार आवश्यकता भएकाले किसानलाई यस कुरामा सचेतना तालिम गराउने विषयमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड संवेदनशील बन्नुपर्ने राईको भनाइ छ।
सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन्। यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ। सूर्योदयसहित माइजोगमाई, रोङलगायतका किसानले उत्पादन गरेको हरियो पत्तीसमेत प्रशोधनका लागि पुग्ने गरेको छ। तयारी चिया भारतसहितका तेस्रो मुलुकसम्म पुग्ने गरेको छ।
नगरपालिकाले ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यान्वयन कार्यविधि’ पारित गरेको पाँच वर्ष भयो। किसानले उद्योगलाई बेच्ने हरियोपत्तीमा अनिवार्य दुई पात एक सुइरोसहित निश्चित गुणस्तर कायम हुनुपर्ने कार्यविधिमा उल्लेख छ। गुणस्तर कायम भए–नभएको अनुगमन नगरपालिकाले नै गर्ने व्यवस्था पनि कार्यविधिमा छ।
नेपालमा १२ हजार ६६ हेक्टरमा चियाखेती लगाइएको छ। देशभरमै बढी चिया उत्पादन हुने जिल्ला इलाम हो। यहाँ छ हजार ९९५ बगान छन्। देशभरका ११ हजार ४१ बगानबाट १० करोड ८० हजार किलो हरियो पत्ती उत्पादन हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
