कर्मचारी तथा सेवाग्राही आमाको सहजताका लागि स्तनपान कक्ष स्थापना गरिएको तुलसीपुर– १३ वडाध्यक्ष मोहन पौडेलको भनाइ छ।
तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका– १३ को कार्यालयमा स्तनपान कक्ष स्थापना गरिएको छ।
कर्मचारी तथा सेवाग्राही आमालाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले स्तनपान कक्ष स्थापना गरिएको वडाध्यक्ष मोहन पौडेलले बताए। जिल्लाका १०० वटा वडामध्ये आफूहरूले पहिलोपटक स्तनपान कक्ष स्थापना गरेको उनको भनाइ छ।
“कर्मचारी र सेवाग्राहीका बच्चाबच्चीलाई स्तनपान गराउन निकै समस्या हुने गरेको छ। त्यसैले सेवाग्राहीमैत्री कार्यालयले यसरी स्तनपान कक्ष स्थापना गर्नुपर्छ,” उनले भने, “त्यसैले हामीले वडामा पनि यो कक्ष स्थापना गरेका हौँ।”
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार सरकारी, गैरसरकारी वा निजी संघसंस्थाले स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ।
४३ लाख रुपैयाँ लागतमा उक्त चारकोठे भवन निर्माण भएको हो। उक्त वडाको जनसंख्या छ हजार छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
