गत वर्ष गरिएको अध्ययनमा देशभर दुई हजार ५२२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेका थिए। त्यसमध्ये सबैभन्दा धेरै मधेशका ९४४ जना थिए।
काठमाडौँ– देशभर विभिन्न कार्यक्रमका साथ आइतबार ७१औँ विश्व कुष्ठरोग दिवस मनाइँदैछ। दिवसको नारा ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ तय गरिएको छ।
कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोब्याक्टेरियम लेप्रे’ नामक सुक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो। उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्ने गरेको पाइन्छ।
इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनी शुरूआतमा नै निदान र उपचार गरेमा यो रोग अरूलाई नसर्ने र अपांगता हुनबाट जोगाउने बताउँछन्।
महाशाखाले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा गरेको अध्ययनमा २०७९/८० मा देशभर दुई हजार ५२२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेको छ।
नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा रहेका छन्। मधेशमा ९४४ बिरामी रहेका छन्। यस्तै लुम्बिनी प्रदेशमा ५६५, कोशी प्रदेशमा ४७१, सुदूरपश्चिममा २३०, बागमतीमा १२०, गण्डकीमा ११९ र कर्णालीमा ७३ जना कुष्ठरोगका बिरामी रहेको तथ्यांक छ।
जिल्लाअनुसार हेर्दा कुष्ठरोगी बढी भएको जिल्लामा झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, पर्सा, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके र कैलाली छन्। नयाँ बिरामीमध्ये महिला बिरामीको संख्या एक हजार ४९, बालबालिका १८१ देखिन्छ।
सरकारले कुष्ठरोगमुक्त नेपाल निर्माणका लागि ‘राष्ट्रिय कुष्ठरोग रणनीति २०७८–२०८२’ निर्माण गरी कार्यान्वयनमा लागेको विभागका कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रमुख डा. प्रसन्न नापितले बताए।
रणनीतिको मुख्य उद्देश्य नै प्रदेश, जिल्ला र स्थानीय तहबाट कुष्ठरोग निवारण गर्ने उनको भनाइ छ। तराई र विशेषगरी मधेशमा कुष्ठरोगका बिरामीको संख्या बढी देखिएपछि विभिन्न सरकारी तथा गैरसरकारी संस्था त्यस प्रदेशप्रति लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्।
सन् १९७५ देखि नेपालको कुष्ठरोग क्षेत्रमा काम गर्दै आएको एनआरएल नेपालले अहिले मधेस प्रदेशको महोत्तरी, सर्लाही र धनुषा जिल्लामा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ।
एनआरएल नेपालले कुष्ठरोग नियन्त्रण (पेप प्लस प्लस) कार्यक्रमअन्तर्गत महोत्तरी, सर्लाही र धनुषाका स्थानीय तहमा कुष्ठरोगका बिरामीसँगका सम्पर्क व्यक्तिको पहिचान गर्नुका साथै उनीहरूलाई सचेतनामूलक कार्यक्रम तथा औषधि वितरण गर्दै आएको छ।
द ल्याप्रोसी मिसन नेपालले बारा, पर्सा र रौतहटमा कुष्ठरोग रोकथामको क्षेत्रमा काम गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
