वडा कार्यालय र नगरपालिकाले बेवास्ता गरेपछि व्यास नगरपालिका–४ का आइतबहादुर घले आफैँ पाटी संरक्षणमा लागेका छन्।
तनहुँ– तनहुँको दमौलीस्थित सेती र मादीको संगमस्थल नजिकै पर्छ, दमौलीघाट। घाट जाने बाटो छेउमा कलात्मक बुटाले कुदिएको पाटी जीर्ण अवस्थामा छ।
मर्मत सम्भार अभावमा जीर्ण बनेको पाटीको संरक्षणमा लागेका छन्, व्यास नगरपालिका–४ का आइतबहादुर घले। उनी निजी खर्चमा पाटी संरक्षणमा लागेका हुन्।
“व्यास नगरपालिका–३ स्थित देउराली नगरमा रहेको पाटी २००७ सालमा निर्माण गरिएको रहेछ,” घले भन्छन्, “इतिहास मेटिनु हुँदैन। संरक्षण गरेर राख्नुपर्छ भन्ने सोचका साथ यसको संरक्षणमा जुटेको हुँ।”
सम्बन्धित वडा कार्यालय र नगरपालिकालाई पाटीको संरक्षण गर्न आग्रह गरे पनि बेवास्ता गरेको उनले सुनाए। “आफूले गर्ने व्यक्तिगत र घरखर्चमा मितव्ययिता अपनाएर भए पनि पाटी संरक्षण गर्ने अठोटका साथ अघि बढेको हुँ,” उनले भने, “ पाटीमा रहेका पुराना संरचना र कलालाई नबिगारीकन मर्मत सम्भार गरी संरक्षण गर्न लागेको हु।”
स्थानीय टोल विकास संस्था, व्यास नगरपालिकाबाट स्वीकृति लिएर मर्मत सम्भारको काम थालेको छु।” एक साताभित्र पाटीलाई हेर्न लायकको बनाउने उनले सुनाए। यसपछि गाउँका अन्य पाटीपौवा पनि मर्मत गर्ने उनको योजना छ।
पृथ्वी राजमार्ग सडकखण्डमा पर्ने घाँसीकुवा पारिपट्टि व्यास–११ मा अहिले पनि नहर्की बस्ती छ। उक्त पाटी त्यो समयमा नहर्की समुदायले बनाएका थिए।
उक्त स्थानमा रहेको पाटी जीर्ण बनेकाले भत्काएर काठ ल्याई पुनः दमौलीघाट नजिक पाटी निर्माण गरिएको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
