उत्तर कोरियाले सन् २०२१ पछि जमिन र समुद्र दुवैबाट प्रहार गरिने लामो दूरीका क्रुज क्षेप्यास्त्र कम्तीमा पनि १० चरणमा परीक्षण गरेको छ।
उत्तर कोरियाले पानीमाथि उडान भर्ने क्रुज क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ।
दक्षिण कोरियाली सेनाका अनुसार आइतबार पूर्वी तटस्थित प्रमुख सैन्य शिपयार्ड नजिकै उत्तरले परीक्षण गरेको हो। यसले यसले अमेरिका, दक्षिण कोरिया र जापानसँग थप तनाव बढाएको छ।
“यो परीक्षणले उत्तर कोरियाका नेता किम जोङ उनको दक्षिण कोरिया र जापानमा क्षेप्यास्त्र प्रतिरक्षा तथा गुआमसहित प्रशान्त क्षेत्रमा टाढाको अमेरिकी लक्ष्यलाई प्रभावित गर्नका लागि डिजाइन गरिएको हतियारको विस्तार गर्ने प्रयासलाई प्रतिविम्बित गर्छन्,” समाचार संस्था एपीले जनाएको छ।
दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले उत्तर कोरियाली बन्दरगाह सिनापो नजिक पानीमाथि क्षेप्यास्त्र पत्ता लगाएका छन् । त्यहाँ उत्तर कोरियाको क्षेप्यास्त्र–प्रहार पनडुब्बीसहित प्रमुख नौसैनिक जहाजको निर्माण गर्ने प्रमुख शिपयार्ड छ।
किमले आफ्ना हतियारको विकासमा तीव्रता दिइरहेको र एशियाली सहयोगीसँग आणविक द्वन्द्वको उत्तेजक धम्की जारी खारेकाले कोरियाली प्रायद्वीपमा तनाव बढेको एपीले जनाएको छ।
यसको जवाफमा अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यासको विस्तार गर्दै आएका छन्। यसलाई किमले आक्रमणको पूर्वाभ्यासका रूपमा चित्रण गरेका छन्। गत साता आफ्नो प्रक्षेपणमा पुलह्वासल–३–३१ नामक नयाँ क्रुज मिसाइल समावेश गरेको र आफ्नो सेनाको विकास गर्ने नियमित हिस्सा भएको उत्तर कोरियाले बताएको छ।
यी हतियारले दक्षिण कोरिया र जापानका लागि गम्भीर खतरा उत्पन्न गर्नसक्ने विशेषज्ञको भनाइ छ। हतियार साना हवाईजहाज जस्तै उड्ने गरी डिजाइन गरिएको छ। उत्तर कोरियाले सन् २०२१ पछि जमिन र समुद्र दुवैबाट प्रहार गरिने लामो दूरीका क्रुज क्षेप्यास्त्र कम्तीमा पनि १० चरणमा परीक्षण गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
