अस्ट्रेलियालाई पराजित गर्दै वेस्ट इन्डिजले शृंखला १–१ को बराबरीमा सकाएको छ। पहिलो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो।
काठमाडौँ– वेस्ट इन्डिजले २७ वर्षपछि अस्ट्रेलियालाई टेस्ट शृंखलामा उसैको मैदानमा पराजित गरेको छ। दुई खेलको टेस्ट शृंखलाको अन्तिम दिन आइतबार वेस्ट इन्डिजले अस्ट्रेलियालाई ८ रनले पराजित गरेको हो।
वेस्ट इन्डिजले सन् १९९७ मा पर्थमा भएको टेस्टमा घरेलु टोलीलाई अन्तिम पटक पराजित गरेको थियो। त्यसयता यो टोलीले अस्ट्रेलियामा १७ टेस्ट खेलेको छ। जसमा १५ मा हार बेहोरेको छ भने २ मा मात्र बराबरी गरेको छ।
गाबा मैदानलाई अस्ट्रेलियाको ‘अजेय किल्ला’ मानिन्छ। तर, २०२१ मा भारतले यही मैदानमा अस्ट्रेलियालाई पराजित गरेको थियो। अस्ट्रेलियाले सन् १९८८ यता यस मैदानमा तेस्रो पटक टेस्ट शृंखलामा पराजय बेहोरेको हो। सन् १९८८ मा वेस्ट इन्डिजसँग नै अस्ट्रेलिया पराजित भएको थियो।
१–१ को बराबरीमा सकियो शृंखला
रोमाञ्चक खेलमा अस्ट्रेलियालाई पराजित गर्दै वेस्ट इन्डिजले शृंखला १–१ को बराबरीमा सकाएको छ। पहिलो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो।
वेस्ट इन्डिजले दोस्रो इनिङ्समा १९३ रन बनाएपछि अस्ट्रेलियाले २१६ रनको लक्ष्य पछ्याएको थियो। तर, अस्ट्रेलिया २०७ रनमै समेटियो।
अस्ट्रेलियाका ओपनर स्टिभ स्मिथले अविजित रहँदै सर्वाधिक ९१ रन बनाए। उनले १४६ बलमा ९ चौका र १ छक्का प्रहार गरे।
क्यामरुन ग्रिनले ७३ बलमा ४ चौकासहित ४२ रन बनाउँदा मिचेल स्टार्क २१ रनमा पेभिलियन फर्किए।
अस्ट्रेलिया अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्। वेस्ट इन्डिजका लागि शामर जोसेफले ७ विकेट लिए।
प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज घोषित भएका उनले अन्तिम दिन ११.५ ओभरमा ६८ रन खर्चिए। शृंखलाभर जोसेफले कुल ८ विकेट लिए।
यसैगरी अल्जारी जोसेफले २ र जस्टिन ग्रेभेसले १ विकेट लिए।
त्यसअघि व्रिसबेन क्रिकेट मैदान (गाबा)मा वेस्ट इन्डिजले १९३ रन बनाएको थियो। वेस्ट इन्डिजका कर्क म्याकेन्जीले सर्वाधिक ४१ रन बनाए। उनले ५० बललमा ६ चौका प्रहार गरे।
यस्तै, एलिक एथान्जीले ७२ बलमा ३ चौकासहित ३५ रन बनाउँदा जस्टिन ग्रेभ्स ३३, काभिम होड्जी २९ रनमा पेभिलियन फर्किए।
अस्ट्रेलियाका नाथन लायन र जोश हेजलउडले ३/३ विकेट लिए। मिचेल स्टार्च र क्यामरुन ग्रिनले १/१ विकेट लिए ।
शृंखलाको पहिलो इनिङ्समा वेस्ट इन्डिजले ३११ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको अस्ट्रेलियाले ९ विकेटमा २८९ रन बनाएर पहिलो इनिङ्स घोषणा गरेको थियो। उक्त स्थितिमा वेस्ट इन्डिज २२ रनले अगाडि थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
