एमाले अध्यक्ष केपी शर्मा ओलीले परिभाषित रूपमा मात्रै एसिड प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए।
काठमाडौँ– नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कडा प्रावधान लागू गरेर मात्र एसिड (तेजाब) बिक्री वितरण गर्न दिनुपर्ने बताएका छन्। एसिड आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटेर निर्माण हुने चलचित्र ‘नमेटिने घाउ’को घोषणा कार्यक्रममा उनले एसिड सहजै प्राप्त हुने प्रक्रियालाई रोक्न आवश्यक रहेको बताएका हुन्।
उनले परिभाषित रूपमा मात्रै एसिड प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले के प्रयोजन, कुन मात्रामा किनेको हो? कति मात्रा प्रयोग भयो, त्यसको बाँकी अंश छ भने त्यो फिर्ता गर्नेसम्मका प्रबन्ध कडाइ र व्यवस्थित गरेर मात्रै एसिड बिक्री वितरण गर्ने प्रावधान लागू गर्न आवश्यक रहेको बताए।
“के प्रयोजनका लागि कसरी भन्ने कुरा, कसले एसिड किनेको हो? के प्रयोजनका लागि किनेको हो? कुन मात्रामा किनेको हो? र त्यसपछि त्यति मात्रा प्रयोग भयो कि भएन? के भयो? त्यसको बाँकी अंश छ भने त्यो फिर्ता गर्नेसम्मका प्रबन्ध कडाइ र व्यवस्थित गरेर मात्रै एसिड बिक्री वितरण गर्ने वा एसिडको आवश्यकता पर्नेहरूलाई मात्र उपलब्ध गराउने त्यो खालको परिपाटी विकास गर्नपर्छ। जोसुकैले जहाँसुकै एसिड प्राप्त गर्न नसकोस्,” उनले भने।
उनले यसबारेमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए। एसिडजन्य घटना हुन नदिनका लागि सरकारले समयमा नै आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ छ। उनले एसिड आक्रमणकारीलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने पक्षमा भने आफू नरहेको बरु अरू कुनै कडा सजाय दिन सकिने स्पष्ट पारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
