निर्वाचन सेयर बजार सामान्य अंकले घटेको छ। मंगलबार १ अर्ब ३५ करोडको सेयर कारोबार भएको छ।
काठमाडौँ– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनपछि खुलेको सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक ७.१३ अंकले घटेर १ हजार ९२९.७० अंकमा ओर्लिएको हो।
कारोबार भएका बैंकिङ, जीवनबी उपसमूह झिनो अंकले बढ्दा ११ वटाको घटेको छ। नेप्सेसँगै अघिल्लो कारोबारको तुलनामा कारोबार रकम पनि घटेको छ।
मंगलबार १ अर्ब ३५ करोड २८ लाख ८५ हजार रुपैयाँ बराबरको ३७ लाख ६३ हजार ८ सय ३६ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
मंगलबार जानकी फाइनान्सको ६.२३ प्रतिशत, खप्तड लघुवित्तको ३.९९, धौलागिरी लघुवित्तको ३.९७ , सयपत्री हाइड्रोपावरको ३.८० प्रतिशतले सेयरमूल्य बढेको छ।
यस दिन नेपाल बैंकको १२ करोड १६ लाख, रिद्धि पावर कम्पनीको ८ करोड ६७ लाख, हिमालयन डिष्टिलरीको ८ करोड ६० लाखको सेयर खरिद बिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
