मानिसहरूले यो जहाजलाई प्रतिष्ठित जहाज टाइटानिकसँग तुलना गरिरहेका छन्। तर यो टाइटानिक जहाजभन्दा पनि पाँच गुणा ठूलो भएको बताइएको छ। जहाजमा २८ प्रकारका क्याबिन छन्।
विश्वको सबैभन्दा ठूलो यात्रुवाहक पानीजहाज ‘आइकन अफ द सीज’ आफ्नो पहिलो यात्रामा प्रस्थान गरेको छ। यो जहाजले शनिबार मियामी बन्दरगाहबाट आफ्नो पहिलो यात्रा शुरू गरेको हो।
रोयल क्यारेबियन इन्टरनेसनल कम्पनीको उक्त जहाजले पहिलो सात दिने यात्राको लागि दक्षिण फ्लोरिडा प्रस्थान गरेको हो।
चर्चित फुटबल खेलाडी लियोनल मेस्सीले मंगलबार जहाजको औपचारिक नामकरण गर्न सघाएका थिए। फुटबल क्लब इन्टर मियामीले रोयल क्यारेबियन इन्टरनेसनलसँगको साझेदारी मेस्सी र उनका साथीहरूलाई मियामीको पोर्टमा पठाएर मनायो। जहाँ उनीहरूले नयाँ जहाजको परम्परागत नामकरणमा भाग लिए। मेस्सीले आफ्नो नयाँ जर्सी देखाउँदै औपचारिक नामकरणमा सहयोग पुर्याएका थिए।
झन्डै १२०० फिट लामो जहाजको ताैल दुई लाख ५० हजार ८०० टन छ। २० डेकको यस जहाजमा २ हजार ३५० चालक दलका सदस्यसहित ७ हजार ६०० यात्रु आरामसँग यात्रा गर्न सक्छन्। रोयल क्यारेबियनका अध्यक्ष तथा सीईओ जेसन लिबर्टी भन्छन्, “आइकन अफ द सी ५० वर्षभन्दा लामो समयदेखिको सपना हो, आविष्कारको क्षेत्रमा परिवर्तन ल्याउने र विश्वकै सर्वश्रेष्ठ छुट्टी मनाउनको लागि यो जहाज निर्माण गरिएको हो।”
जहाजमा विश्वकै सबैभन्दा ठूलो वाटरपार्क छ। जसमा ६ वटा वाटरस्लाइड, ७ वटा स्विमिङपुल र एउटा आइस स्केटिङ छ। यस्तै, एउटा थियटर र ४० वटा भन्दा बढी रेस्टुरेन्ट र बारहरू छन्।

मानिसहरूले यो जहाजलाई प्रतिष्ठित जहाज टाइटानिकसँग तुलना गरिरहेका छन्। तर यो टाइटानिक जहाजभन्दा पनि पाँच गुणा ठूलो भएको बताइएको छ। जहाजमा २८ प्रकारका क्याबिन छन्। धेरैजसो कोठाहरूमा बालकनी पनि छ।
दुई अर्ब अमेरिकी डलर लागतमा निर्माण गरिएको यसको पहिलो पटक अनावरण भने अक्टोबर २०२२ मा गरिएको थियो। रोयल क्यारेबियनको ५३ वर्षको इतिहासमा एकै दिनमा सबैभन्दा धेरै टिकट बुकिङको रेकर्ड बनाइएको थियो।
रोयल क्यारेबियनको वेबसाइटका अनुसार प्रति यात्रु भाडा एक हजार ७२३ डलर छ। अनलाइनबाट यसको बुकिङ गर्न सकिन्छ। यस कम्पनीका स्टार अफ द सी, युटोपिया अफ द सी, वन्डर अफ द सी, ओडिसी अफ द सीलगायत ठूला जहाजहरू सञ्चालनमा छन्।
अरु केही ठूला जहाज जस्तै आइकन अफ द सीज पनि ग्यासबाट चल्छ। यो जहाजमा छ वटा इन्जिन छन् जो तरल प्राकृतिक ग्यास (एलएनजी)बाट चल्छन्। ‘क्रुज लाइन्स इन्टरनेशनल एसोसियसन’ले यसलाई सल्फर र ग्रिनहाउस ग्यास उत्सर्जन कम गर्ने इन्धनको विकल्प भनेको छ। यद्यपि, केही वातावरणविद्हरूले एलएनजी संचालित जहाजहरूले मिथेन उत्सर्जन बढाउने चिन्ता गर्छन्। मिथेन ग्यासले कार्बन डाइअक्साइडको तुलनामा ८० गुणा बढी तापक्रम समात्छ। त्यसैले पृथ्वीको बढ्दो तापक्रमलाई नियन्त्रण गर्न मिथेन ग्यासको उत्सर्जन कटौती गर्नुपर्ने वातावरणविद्हरूको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
