काठमाडौँ महानगरपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ।
काठमाडौँ: काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरिएको छ। नगरप्रमुख बालेन शाहका स्वकीय सचिव भूपदेव साहका अनुसार, विभाग प्रमुख कोइरालाविरुद्ध महानगरमा परेको उजुरीका आधारमा स्पष्टीकरण सोधिएको हो।
“मध्यबानेश्वरस्थित रत्न राज्यलक्ष्मी माविको कक्षा ११ र १२ मा विज्ञान संकाय सञ्चालनका लागि नगर शिक्षा समितिबाट नभएको निर्णयलाई निश्चित मिति तोकी निर्णय भएको किटान गरी सञ्चालनमा दिएको उजुरी आएको थियो,” उनले भने, “उजुरीअनुसार कोइरालाले निर्णय गरेको पनि देखियो।”
कोइरालासँग उक्त कदमका बारेमा प्रमुख प्रशासकीय अधिकृतबाट स्पष्टीकरण माग गरिएको उनी बताए। उक्त अवधिभर कोइरालालाई वर्तमान पदबाट ‘होल्ड’मा (बिदामा बस्न भनिएको) राखिने उनले बताए।
नगर शिक्षा समितिको अध्यक्षता तथा निर्णय अधिकार नगर प्रमुखबाट हुने व्यवस्था रहेको छ। उनले शिक्षा समितिबाट रत्न राज्यलक्ष्मी माविमा विज्ञान संकाय सञ्चालनका लागि कुनै पनि प्रकारको निर्णय नभएको पनि साहले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
