प्रधानमन्त्री कप : आर्मी र मधेश प्रदेश विजयी

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबारका खेलमा त्रिभुवन आर्मी र मधेश प्रदेश विजयी भएका छन्।

काठमाडौँ– प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार भएका खेलमा त्रिभुवन आर्मी र मधेश प्रदेश विजयी भएका छन्। 

कप्तान विनोद भण्डारीको शतकप्रेरित आर्मीले १६४ रनको जित हासिल गरेको हो भने मधेशले लुम्बिनीमाथि ९ रनको रोमाञ्चक जित हात पार्‍यो।

कीर्तिपुरमा भएको खेलमा आर्मीले दिएको २८० रनको लक्ष्य पछ्याएको कर्णालीले २९ ओभरमा सबै विकेट गुमाउँदै मात्र ११५ रन बनाउन सक्यो। 

आर्मीका लागि कप्तान विनोद भण्डारी सय रनमा नट आउट रहे। अहमदले नट आउट ९८ रन जोडे। भीम सार्की २५, कुशल मल्ल २१, विवेक यादव ६, सन्तोष कार्की ११, इम्रान शेख ५ रनमा आउट भए। 

कर्णालीका हिमांशु शाहीले १९ रन बनाए भने दिवन पुनले १८, रवीन्द्र शाही र निश्चल रावले समान १२, विपिन शाहीले १४ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो स्कोर छुन सकेनन्। 

बलिङमा आर्मीका विवेक यादव र कुशल मल्लले समान ३, सोमपाल कामीले २, साहब आलमले १ विकेट लिए। कर्णालीका दीपेन्द्र रावतले २, प्रकाश जैसी, दिनेश अधिकारी, दिवन पुनले समान १/१ विकेट लिए।

मूलपानी मैदानमा भएको मधेश प्रदेश र लुम्बिनी प्रदेशबीचको खेलमा मधेश प्रदेशले ९ रनले पराजित गर्‍यो। मधेशले ४१.३ ओभरमा १६९ रनमा सबै विकेट गुमाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ४०.५ ओभरमा सबै विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो। 

मधेशका अर्निको यादवले ३८ रन बनाए भने अभिषेक तिवारीले २६, पवर सर्राफले २६, मयन यादवले २२ र अनिल साहले १६ रन बनाए। प्रदीप पासवानले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बटुल्न सकेनन्। 

लुम्बिनीका प्रज्वल थापाले सर्वाधिक ६२, अभिषेक गौतम २६, दिलसाद अलिले २२ र म्रिनल गुरुङले २१ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकका रन जोड्न सकेनन्।

बलिङतर्फ मधेशका प्रदीप पासवान एक्लैले ६ विकेट लिए भने अभिषेक तिवारी २, हरिशंकर साह र रूपेस सिंहले १/१ विकेट हात पारे। लुम्बिनीका लागि वीर मगरले ४, अभिषेक गौतमले ३, कृष्ण कार्की, निर्मल गुरुङ र एमडी हुसेनले समान १ विकेट हात पारे।