कतारमा जारी प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा अस्ट्रेलियाले इन्डोनेसियालाई ४–० गोल अन्तरले पराजित गरेको हो।
काठमाडाैँ– एएफसी एशिया कप फुटबलमा इन्डोनेसियालाई हराउँदै अस्ट्रेलिया क्वाटरफाइनलमा प्रवेश गरेको छ।
कतारमा जारी प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा इन्डोनेसियालाई ४–० गोल अन्तरले पराजित गर्दै अस्ट्रेलियाले अन्तिम ८ मा स्थान पक्का गरेको हो।
इन्डोनेसियाका एल्कन बागोटले आफ्नै पोस्टमा गोल गरेपछि अस्ट्रेलियाले खेलको १२ औँ मिनेटमा आत्मघाति गोलबाट अग्रता लियो। ४५ औँ मिनटमा मार्टिन बोएलले गोल गर्दै पहिलो हाफमा अस्ट्रेलियालाई २–० को अग्रता दिलाए।
८९औँ मिनेटमा क्रेग गुडवीनले गोल गर्दै ३–० ले अघि बढाएका थिए भने दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा हेरी साउटरले गोल गरेपछि अस्ट्रेलिया ४–० को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो। सेमिफाइनल प्रवेशका लागि अस्ट्रेलियाले साउदी अरब र दक्षिण कोरियाबीचको विजेतासँग खेल्ने छ।
यस्तै, आइतबार राति नै सम्पन्न ताजकिस्तान र यूएईबीचको अर्को खेलमा पेनाल्टी सुटआउटमा ताजिकिस्तान विजयी बनेको छ। दुवै टोलीबीच १/१ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा ताजिकिस्तानले ५ गोल गर्दा यूएईले ३ गोल मात्र गर्न सक्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
