चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र थाइल्यान्डले आधिकारिकरूपमा मार्च १ देखि ‘भिसामुक्त युग’मा प्रवेश गर्ने बताएका छन्।
चीन र थाइल्यान्डका नागरिक एक अर्काको देशमा बिना भिसा प्रवेश गर्न सक्ने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र थाइल्यान्डले आधिकारिकरूपमा मार्च १ देखि ‘भिसामुक्त युग’मा प्रवेश गर्ने बताएका चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।
दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर गरेका थिए। थाइल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री पर्णप्री बहिद्धा–नुकारासँगको परामर्शपछि संयुक्त पत्रकार सम्मेलनमा वाङले यस्तो टिप्पणी गरेका हुन्।
यसले पक्कै पनि द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने मन्त्री वाङको विश्वास छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहेका वाङले छिमेकी देशहरूसँगको कूटनीतिमा थाइल्याण्डलाई चीनले सधैँ प्राथमिकताका रूपमा हेरेको बताएका छन्।
उनले एक चीन सिद्धान्तप्रति थाइल्यान्डको दृढ प्रतिबद्धता र विश्वव्यापी विकास पहल, विश्वव्यापी सुरक्षा पहल र विश्वव्यापी सभ्यता पहलका लागि सक्रिय सहयोगको चीनले सदैव प्रशंसा गरेको उल्लेख गरे।
आगामी वर्ष चीन–थाइल्याण्ड कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव मनाउने उल्लेख गर्दै वाङले विगत आधा शताब्दीमा द्विपक्षीय सम्बन्धले बदलिँदो अन्तर्राष्ट्रिय परिदृश्यको परीक्षालाई सामना गरेको र त्यसमा बलियो हुँदै गएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
