सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा नि:शुल्क उपलब्ध गराएका हुन्।
सोलुखुम्बु– सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा नि:शुल्क उपलब्ध गराएका छन्। उनले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराएका हुन्।
इन्टरनेटको बढ्दो महत्त्वलाई मध्यनजर गर्दै जोरबौद्धस्थित मुख्य सडक चोक क्षेत्रलाई 'फ्रि–वाइफाइ जोन' घोषणा गरिएको वडा सदस्य भलाकाजी कार्कीले जानकारी दिए।
“जोरबौद्ध नगरपालिकाको व्यस्त सडक हो। साथै सल्लेरी, नेले, सोताङ, महाकुलुङ तथा जिल्ला बाहिरका लागि सवारी साधनसमेत यही सडक हुँदै जाने भएकाले वाइफाइ सेवा उपयोगी छ,” उनले भने।
उक्त सडकमा यात्रु लामो समयसम्म सवारी साधन कुरेर बस्नुपर्ने तथा गाउँमा इन्टरनेट सेवा विस्तार भइनसकेको अवस्थामा वाइफाइ सेवाबाट लाभान्वित हुने वडाध्यक्ष शेर्पाले बताए।
“इन्टरनेटको सहज पहुँच भएपछि विद्यार्थी, अभिभावक, सुरक्षाकर्मी लगायत लाभान्वित हुन्छन्,” उनले भने।
इन्टरनेट सेवा नि:शुल्क पाएसँगै स्थानीयले खुशी व्यक्त गरेका छन्। शुरूआतमा लाग्ने इन्टरनेट जडान खर्चसहित वार्षिकरूपमा तिर्नुपर्ने इन्टरनेट खर्च १२ हजार ५०० रुपैयाँ वडाध्यक्ष शेर्पाले नै बेहोरेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
