आईसीसी सदस्यका रूपमा श्रीलंका क्रिकेटले दायित्व उल्लंघन गरेको भन्दै गत नोभेम्बरमा निलम्बन गरेको थियो।
काठमाडाैँ– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले श्रीलंका क्रिकेट (एसएलसी)माथिको निलम्बन हटाएको छ। आईसीसी सदस्यका रूपमा श्रीलंकाले दायित्व उल्लंघन गरेको भन्दै गत नोभेम्बरमा एसएलसीलाई निलम्बन गरेको थियो।
सन् २०२३ को विश्वकप क्रिकेटमा भारतसँगको हारपछि श्रीलंकाका खेलकुदमन्त्री रोशन रानासिंघेले एसएलसीका सबै सदस्यलाई बर्खास्त गरेका थिए। त्यसपछि श्रीलंका क्रिकेट प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको थियो। त्यसैको कारण १९ वर्षमुनिको विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रिकामा सरेको हो।
श्रीलंकाको क्रिकेट टोलीलाई भने आईसीसीले अन्तर्राष्ट्रिय खेल खेल्न कुनै रोक लगाएको थिएन। निलम्बन गरेदेखि नै स्थितिको अनुगमन गरिरहेको आईसीसीले अहिले श्रीलंकाले सदस्यको दायित्व उल्लंघन नगरेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
