गण्डकीलाई ६ विकेटले पराजित पुलिसले प्रधानमन्त्री कपको फाइनलमा स्थान सुरक्षित गरेको छ। अर्को खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ।
काठमाडौँ– गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ।
सोमबार लगातार सातौँ जित निकाल्दै पुलिसले १४ अंकसहित दुई खेलअघि नै फाइनलमा आफूलाई सुरक्षित राखेको हो। यससँगै यो सिजनमा पुलिस फाइनल पुग्ने पहिलो टिम बनेको छ।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशले ३८.३ ओभरमा १७० रन बनाएको थियो। ४५ ओभरमा छोट्याइएको खेलमा पुलिसले सो लक्ष्य २४.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
पुलिसको जितमा रसिद खान एक्लैले ५ विकेट लिए। उनले ६ ओभरमा २५ रन खर्चिएर ५ विकेट लिएका हुन्। त्यस्तै, करण केसीले २, ललितनारायण राजवंशीले २ र दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।
ब्याटिङमा भने पुलिसका दिलीप नाथले ५७, अर्जुन साउदले नट आउट ४४, कुशल भुर्तेलले २२, शंकर रानाले १२, आरिफ शेखले नट आउट २७ रन बनाए। प्रेम तामाङ खाता नै नखोली पेभेलियन फर्किए ।
गण्डकीका लागि ब्याटिङमा अमृत गुरुङले ५० रन बनाए भने करण पंगेनी र कमल परियारले समान ३०/३० रन बनाए। समिर कँडेलले २९ रन र कृष ऐरले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रनको स्कोर छुन सकेनन् ।
कीर्तिपुर मैदानमा भएको नेपाल आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीचको खेलमा आर्मीले ९७ रनको जित दर्ता गरायो। जितसँगै आर्मीको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ।
आर्मीका लागि जितेन्द्र मुखिया एक्लैले ५ विकेट लिए। उनले ६.१ ओभर बलिङ गर्दै २ मेडनसहित १० रन मात्रै खर्चिए। सोमपाल कामीले २ विकेट, साहब आलम, बासिर अहमद र साहब आलमले समान १/१ विकेट हात पारे।
आर्मीका लागि ब्याटिङमा कुशल मल्लले ७५, सन्दीप रजाइली ३७, बासिर अहमद ३६, सोमपाल कामी ३१, सन्तोष कार्की ३०, साहब आलमले २१ रन बनाए। अन्यले दोहोरो अंक छुन सकेनन्।
त्यस्तै, सुदूरपश्चिमका लागि भोजराज भट्ट एक्लैले ६ विकेट लिए। उनले ९.३ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित ६८ रन खर्चिए। नरेन साउदे ३ र विकास अग्रीले १ विकेट लिए। २६३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ४०.१ ओभरमा १६५ रन मात्रै बनाउन सक्यो।
सुदूरपश्चिमका लागि किरण ठगुन्नाले ६८ रन, शेर मल्लले २४, नरेन भट्टले १८, नारायण जोशीले १३, गजेन्द्र बोहराले १२ र प्रकाश पाण्डेले ११ रन बनाउन बाहेक अन्यले दोहोरो रनको स्कोर खडा गर्न सकेनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
