एनसेलको शेयर खरिद–बिक्री प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन

एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ।

काठमाडौँ– निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सिंहदरबारमा प्रतिवेदन पेस गरेको छ।

सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टंकमणि शर्मा दंगालले उक्त प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गरेका हुन्।

सरकारले गत मंसिर २१ गते एनसेलको शेयर खरिद–बिक्रीको निर्णयका सम्बन्धमा प्रचलित कानूनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असरलगायत विषयमा छानबिन गर्न पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो।

समितिमा नेपाल सरकारका सचिव फणीन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य थिए। समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधि दिइएपछि छानबिन नसकिएपछि म्याद थप गरिएको थियो।

यो पनि : 

किनबेचपिच्छे विवादमा पर्ने एनसेलको आरम्भदेखिकै बदनियतको नालीबेली
मुद्दाको अन्तिम सुनुवाइ हुने बेला एनसेल किनबेच
विवादास्पद किनबेचको महिना दिन कट्यो, सरकारी संयन्त्रलाई एनसेलको निरन्तर अटेरी